भीरबाट लडेर घाइते भएका अभिनेता घिमिरे मणिपालमा भर्ना

पाेखरा | कात्तिक १०, २०८०

भीरबाट लडेर घाइते भएका अभिनेता घिमिरे मणिपालमा भर्ना

पोखरा:   पोखरा नदीपुरमा घाँस काट्ने क्रममा भीरबाट लडेर अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर–३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।


घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको कास्की प्रहरीले जनाएको छ । 


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्